युक्रेन युद्धमा पुटिनलाई ठूलो झटका, बेलारुस भित्र रुसको ‘आकाश आँखा’मानिने विमान ध्वस्त

युक्रेन युद्धमा रहेको जेलेन्स्कीको सेनाका लागि ठूलो राहतको खबर आएको छ । रुसको ‘आकाश आँखा’ भनिने ए-५० निगरानी विमान बेलारुसको एयरबेसमा ध्वस्त भएको छ । बेलारुसका विपक्षी नेताहरूले यो रुसी विमान देशको राजधानी मिन्स्कको एयरबेसमा ड्रोन आक्रमणमा ध्वस्त भएको दाबी गरेका छन्। रुसले युक्रेन युद्धको अवधिभर यो निगरानी विमानमार्फत गुप्तचर जानकारी सङ्कलन गर्दै आएको छ। […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो । बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ […]

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो । युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ । यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो […]

युक्रेन–रुसबीच शान्तिवार्ताका लागि ठाउँ तयार : बेलारुस

बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ ।  वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।  यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गर्नुभएको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि प...

रुस र युक्रेन को कति बलिया (सैन्य शक्तिसहितको तथ्यांक)

एजेन्सी, १४ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले १२ फागुनबाट युक्रेनमाथि हमला सुरु गरेको छ । तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ छिरेको छ । सोभियत संघ हुँदा यी दुई एउटै देश थिए । सोभियत संघ १५ वटा राज्यमा विभाजित हुँदा रुस, युक्रेन र बेलारुस एउटै देश भएर बस्ने कुरा […]

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ ।  युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् । युक्रेनका सीम...

युक्रेन तनाव बढेपछि रुसले सीमानजिक तैनाथ गर्‍यो प्याराट्रूपर सैनिक (भिडियो)

युक्रेन तनाव बढ्दै गएपछि रुसले सीमा नजिक शीर्ष प्याराट्रूपरहरू तैनाथ गरेको छ ।  सैनिक र उपकरणहरू बोकेको एक ट्रेन सम्भावित युद्धक्षेत्रमा पश्चिमतर्फ गइरहेको देखिएको छ । युक्रेन र बेलारुस दुवैको सीमा नजिक रहेको रुसको ब्य्रान्स्क क्षेत्रमा सेना गइरहेको देखिन्छ ।  रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय लिएमा भयंकर परिणाम बेहोर्नुपर्ने अमेरिकाका राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । रुसले चाहिँ युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने माग राखेको छ र युक्रेनमाथि आक्रमण गर्न लागेको कुरा झूटो भएको बताएको छ । युक्रेन ...

युक्रेन तनाव चलिरहँदा रुसले बेलारुसमा पठायो क्षेप्यास्त्र (भिडियो)

रुसले एस–४०० क्षेप्यास्त्र प्रणालीका दुई डिभिजनहरू छिमेकी मुलुक बेलारुस पठाएको छ । शत्रुका युद्धविमानहरूलाई झार्नका लागि उपयोगी उक्त प्रणाली सैन्य अभ्यासमा सहभागी हुन पठाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।  रुसको सुदूरपूवएमा रहेको खाबारोभ्स्क क्राइबाट रेलमार्ग हुँदै ती हतियारहरू बेलारुस लगिएको हो ।  सैन्य अभ्यास गरिने ठाउँमा क्षेप्यास्त्र आइपुगेपछि रुसी सैन्य बलहरूले प्रतिरक्षा तालिमका रूपमा आफ्नो पोजिसनलाई बलियो बनाउनेछन् ।  एस–४०० हतियार प्रणालीको विकास सन् १९८० को दशकको अन्त्यति...

बेलारुस र रुसी उड्डयनले बेलारुस-युक्रेन सीमा निगरानी गर्ने

बेलारुस र रुसी उड्डयनले पोल्याण्ड र बाल्टिक देशहरूसँगको सिमानाको अतिरिक्त बेलारुस-युक्रेन सीमाको निगरानी गर्ने भएको छ ।