युक्रेन तनाव बढेपछि रुसले सीमानजिक तैनाथ गर्‍यो प्याराट्रूपर सैनिक (भिडियो)

युक्रेन तनाव बढ्दै गएपछि रुसले सीमा नजिक शीर्ष प्याराट्रूपरहरू तैनाथ गरेको छ ।  सैनिक र उपकरणहरू बोकेको एक ट्रेन सम्भावित युद्धक्षेत्रमा पश्चिमतर्फ गइरहेको देखिएको छ । युक्रेन र बेलारुस दुवैको सीमा नजिक रहेको रुसको ब्य्रान्स्क क्षेत्रमा सेना गइरहेको देखिन्छ ।  रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय लिएमा भयंकर परिणाम बेहोर्नुपर्ने अमेरिकाका राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । रुसले चाहिँ युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने माग राखेको छ र युक्रेनमाथि आक्रमण गर्न लागेको कुरा झूटो भएको बताएको छ । युक्रेन ...