रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ ।  युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् । युक्रेनका सीम...

सम्बन्धित सामग्री

इजरायल र युक्रेनलाई हतियार सहयोग गर्नुपर्छ– अमेरिकी सेना

अमेरिकी सेना प्रमुख जनरल र्‍यान्डी जोर्जले अमेरिकाले इजरायल र युक्रेन दुवैलाई हतियार दिइरहनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

रुसी सेना फिर्ता भए मात्र वार्ता सम्भव – युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुनः दोहोर्‍याएको छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलोले इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त रहेको बताएका हुन्।हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुर

रुसी सेना फिर्ता भएपछि मात्र वार्ता– युक्रेन

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन् ।इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त हो भन्नुभएको युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले

अमेरिकी सेना प्रमुख मिले र रुसी सेना प्रमुख गेरासिमोभबीच टेलिफोन वार्ता

काठमाडौं । रुस–युक्रेन युद्धले सम्बन्धमा ठूलो दरार आएको बेला अमेरिकी सेना प्रमुखले रुसी सेना प्रमुखसँग टेलिफोन संवाद गर्नुभएको छ । अमेरिकी सेनाका संयुक्त अध्यक्ष जर्नेल मार्क मिलेले रुसी समकक्षी जर्नेल भ्यालेरी गेरासिमोभसँग गएराती टेलिफोन वार्ता गर्नुभएको सीएनएनले जनाएको छ । अमेरिकी सेनाका प्रवक्ता कर्णेल डेभ बटलरले दुई सेना प्रमुखबीच सुरक्षा, दुई सेनाबीचको सम्बन्ध र अन्य […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए, ४५ हजार घाइते

न्युयोर्क – युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन […]

युक्रेन हमलाका क्रममा पाँच सय रुसी सेना मारिएको स्वीकार

काठमाडौँ – युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा […]

अमेरिका भन्छ—रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । युक्रेनको सीमामा  रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ

युक्रेन तनावः अमेरिकाले युरोपमा थप सेना पठाउँदै

अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ । रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रे