बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ ।
वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।
यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गर्नुभएको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि प...