रुसले एस–४०० क्षेप्यास्त्र प्रणालीका दुई डिभिजनहरू छिमेकी मुलुक बेलारुस पठाएको छ । शत्रुका युद्धविमानहरूलाई झार्नका लागि उपयोगी उक्त प्रणाली सैन्य अभ्यासमा सहभागी हुन पठाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको सुदूरपूवएमा रहेको खाबारोभ्स्क क्राइबाट रेलमार्ग हुँदै ती हतियारहरू बेलारुस लगिएको हो ।
सैन्य अभ्यास गरिने ठाउँमा क्षेप्यास्त्र आइपुगेपछि रुसी सैन्य बलहरूले प्रतिरक्षा तालिमका रूपमा आफ्नो पोजिसनलाई बलियो बनाउनेछन् ।
एस–४०० हतियार प्रणालीको विकास सन् १९८० को दशकको अन्त्यति...