प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै नरहेको बताएका छन् ।
अविश्वासको प्रस्ताव आउने भए प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै आइसक्ने उनको विश्लेषण छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत नदेखिएको टिप्पणी गरे ।
‘यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन । ल्याउने भ...