लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ३ दलीय गठबन्धन घोषणा गरिएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले सरकारविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो ।
अविश्वासको प्रस्ताव दर्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गर्दै ३ दलीय गठबन्धनले प्रदेशलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि नयाँ सरकार बनाउन लागिएको साझा धारणा राखे ।
प्रस्तावित मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले एमालेसँगको पार्टी एकतादेखि सत्ता...