काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अन्ततः अविश्वासको प्रस्ताव अगाडि बढाउन सहमत देखिएको छ । बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भए