पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)को महत्वपूर्ण भूमिका रहेको छ ।केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका प्रमुख मौलाना फजलुर रहमानले इमरान सरकारलाई औंल्याउँदै भनेका थिए, "पीडीएममा संलग्न सबै दलहरूले यो गैरकानुनी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेका छन्। यसका लागि हामी सरकारका सबै सहयोगीहरूसँग सम्पर्क गर्नेछौं र उनीहरूलाई पाकिस्त