ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो।
प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन भएको ठाउँमा रहेको प्रहरी चौकीमा छाडेपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी […]
काठमाडौं : दैलेखमा मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको छ। दैलेखको ठाटीकाँध गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको हो।मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चारवटा मतपेटीका राखेर संकलन गर्ने गाडी आउन्जेल आफू एकछिन सुत्छु भन्दै निदाएका थिए। उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो। मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ।उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो। उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्ल
दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए ।उनले अहिले सर्व
वैशाख ३० गते मतदानको समयमा विवाद भएपछि मतपेटिका लुटेर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको जेठहरिया मतदान केन्द्रमा गत शुक्रबार मतदान भइरहेको समयमा विवाद भएपछि मतपेटिका लिएर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।...
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए […]
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा मतदान अधिकृतमाथि कुटपिट हुनुको साथै मतपेटिका तोडफोड भएको छ ।
कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । एक जना मतदाताले आफूले मतपत्रमा चिह्न लगाउन नजान्ने भन्दै मतदान अधिकृतसँग सहयोग मागेका र ती व्यक्तिले मतदान अधिकृतले मतपत्रमा अर्कै चिह्न लगाइदिएको भन्दै विवाद गरेपछि अवस्था तनावपूर्ण बनेको उहा...
काभ्रे : चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ। इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ। केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।
काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु […]