सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतदान अधिकृतमाथि कुटपिट, मतपेटिका तोडफोड

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा मतदान अधिकृतमाथि कुटपिट हुनुको साथै मतपेटिका तोडफोड भएको छ ।  कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । एक जना मतदाताले आफूले मतपत्रमा चिह्न लगाउन नजान्ने भन्दै मतदान अधिकृतसँग सहयोग मागेका र ती व्यक्तिले मतदान अधिकृतले मतपत्रमा अर्कै चिह्न लगाइदिएको भन्दै विवाद गरेपछि अवस्था तनावपूर्ण बनेको उहा...

सम्बन्धित सामग्री

सप्तरीको डाक्नेश्वरी २ मा पुनःमतदान

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान भइरहेको छ। मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए।

सप्तरीको डाक्नेश्वरी-२ मा पुनः मतदान शुरु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन […]

सप्तरीमा मतदानस्थल तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।  डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट पनि गरेका छन् ।  कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान कार्य स्थगित