काभ्रेको कात्तिके देउरालीमा मतपेटिका फुटाइयो, मतदान स्थगित

काभ्रे : चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ। इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ। केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।

सम्बन्धित सामग्री

बाजुरामा मतपेटिका जलाइयो, मतदान स्थगित

धनगढी : बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो।प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो। कसले आगजनी गर्‍यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन।जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार मतपेटिकामा आगो लगाइएपछि सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ।

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

४ मंसिर, चितवन । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो । निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको अनलाइनखबरलाई बताए । मतपेटिका […]

मतपेटिका लुटेरा पक्राउ

मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहे मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भए

पुनर्वासमा पुनः मतदान हुने

कञ्चनपुर : पुनर्वास नगरपालिका-१० मा पुनः मतदान हुने भएको छ।फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद भएपछि आज दिउँसो १२ बजेदेखि मतदान स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकृत मदन धामीका अनुसार मतदान पुनः शुरु गर्नेबारे छलफल निष्कर्षमा पुग्न नसकेपछि मतदान स्थगित भएको हो।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० बमोजिम हुलदंगा भई असामान्य स्थिति सृजना हुँदा मतदान स्थगित भएको बताइएको छ। निर्वाचन आयोगको निर्णयअनुसार पुनः मतदान हुनेछ।मतपेटिका मतगणना स्थलमा ल्याइँदैकञ्चनपुरमा स्थानीय तहको सम्पन्न निर्वाचनका म

कम्तीमा २५ वटा केन्द्रको मतदान स्थगित

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ । स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था […]

अछामका दुई ठाउँमा मतदान स्थगित

अछाम- अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र […]

पाँचखाल-१३ को मतदानस्थलमा तोडफोड, मतदान स्थगित

काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ।मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि केही समयको लागि मतदान स्थगित भएको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए।आक्रोशित दलका कार्यकर्ताहरूले कुर्सी, टेबल लगायतका निर्वाचन सामग्री तोडफोड गरी मतदान स्थल तहसनहस बनाएका छन्। मतपेटिका भने सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारुढ दलका कार्यकर्ताहरूल

सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित गरेर अर्को मिति तोक्ने तयारी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित गर्ने तयारी भएको छ ।  हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताउनुभयो । हरिरवा मावि मतदान स्थलमा ...

पाँचखालमा मतदानस्थल नै तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख

काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी

काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु […]