पाल्पा – कुनै समय वैदेशिक राेजगारीमा खाडी जानुभएका पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनासका राजु विश्वकर्मा अहिले आफ्नै पुर्ख्याैली व्यवसाय आरनमा रमाइरहनुभएकाे छ ।
उहाँ वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहनुभएको हाे । उहाँले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाउनुभयो । उहाँले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसा...