वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेकाहरुलाई व्यास नगरपालिकाले दियाे अनुदान

तनहुँ – व्यास नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहेका व्यक्तिलाई अनुदान दिएकोछ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल २४ लाख ७५ हजार रुपैयाँ अनुदानस्वरुप वितरण गरेको हो । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आबद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको नगरपालिका कार्यालयले जनाएको छ । विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ जनालाई अनुदान प्रदान गरिएको व्यास नगरपालिकाका लेखा अधिकृत कुमार कञ्चन जिसीले जानक...

सम्बन्धित सामग्री

कुवेत गएकी महिलाले नेपाल फर्केर आफूलाई पठाउने मेनपावर व्यवसायीमाथि गरिन् हातपात

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन् । ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनि वैदेशिक रोजगार विभागमा कम्पनीका संचालक निर्मलराय बोलाइएको थियो […]

टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् । यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ । घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ ।  विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यक...

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लाग्नुभएको छ । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गर्नुभएको छ । उहाँले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोप्नुभएको छ । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित हुनुभएको छ । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उहाँलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ । सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए । नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रमस्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए । कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।   ‘हामीले १८ महीनाभन्दा बढी कोरोना महामारीको सामना गर्‍यौं । त्यस अवधिमा वैदेशिक रोजगार क्षेत्र नमज्जाले प्रभावित भयो । तर, अहिले वैदेशिक रोजगारी क्षेत्र फस्टाउँदै गएको छ,’ उनले भने, ‘अब छिट्टै यो क्षेत्र सामान्य अवस्थामा फर्केर अगाडि बढ्छ ।’ पछिल्लो समय रोजगारदाताहरूले गर्ने कामदारको माग पनि बढ्दै गएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाइएको छ । साथै, श्रमगन्तव्य मुलुकहरू पनि विस्तारै खुल्दै गएका छन् । फलस्वरूप वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्दै गएको श्रेष्ठ बताउँछन् । सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अब यो वर्ष पनि सोहीअनुरूप नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने अनुमान श्रेष्ठको छ । हाल दैनिक १ हजार २०० जना नेपाली वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएपछि यसले अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने बताइएको छ । नेपालको अर्थतन्त्र अझै पनि विप्रेषणमा नै निर्भरजस्तो छ । यसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि विप्रेषण आप्रवाहमा पनि सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरू बताउँछन् ।

सात हजार जनालाई निःशुल्क तालिम

वैदेशिक रोजगार बोर्डको सचिवालयले सात हजार ३६० जनालाई निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा विदेशबाट फर्केर स्वदेशमा केही गर्न चाहने युवालाई लक्षित गर्दै निःशुल्क सीपमूलक तालिम दिन सुुरु गरेको हो । बोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेलाई विभिन्न १४ विषयमा एक महिनासम्म तालिम सुुरु गरेको जनाइएको छ ।

अरबमा भौँतारिएका निमबहादुर स्वदेश फर्केपछि बने अगुवा किसान

सल्यान : वैदेशिक रोजगार छाडेर कृषि पेसा अंगालेका शारदा नगरपालिका १३ सांघारमुलका ४० वर्षीय निमबहादुर पुन अगुवा किसान बनेका छन्‌।  पुन यसअघि वैदेशिक रोजगारीका क्रममा सात वर्षसम्म मलेसिया र साउदी अरबमा बसेका थिए। तर नेपाल फर्केर व्यवसायिक तरकारी खेतीमा लागेका पुन अहिले सो नगरपालि...

वैदेशिक रोजगार छोडेर कृषिसँगै भान्साघर

पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालन गरेका छन्। युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालन गरेका हुन्। ...

विदेशबाट फर्कनेको तथ्याङ्क राख्न थालियो

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको छ । सरकारले सञ्चालनमा ल्याएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मा सोमबारबाट विदेशबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको हो ।  यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असोज १६ गतेदेखि प्रणाली पूर्ण रुपमा सञ्चालनम...

विदेशबाट फर्कनेको तथ्याङ्क राख्न थालियो

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको छ । सरकारले सञ्चालनमा ल्याएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मा सोमबारबाट विदेशबाट फर्केर आउनेको तथ्याङ्क राख्न थालिएको हो ।  यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय असोज १६ गतेदेखि प्रणाली पूर्ण रुपमा सञ्चालनम...