शर्मिला ज्ञवाली/रासस ।
पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्कनुभएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ ।
दुई छोरीका बाबु नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपालमै बसेर केही गरौँ न भनेर सुन्तला खेती, कुखुरा पालन व्यवसाय सुरु गर्नुभएको थियो ।
‘व्यवसाय खासै उकास्न सकिन’ उहाँ भन्नुहुन्छ ‘झन् ऋण बढ्दै गयो, व्यवहार बिग्रियो, अन्त्यमा पर...