च्याउबाट आम्दानी लिँदै ऋषिराम : '२५ सयबाट सुरु भएको व्यवसाय १५ लाखकाे भयाे'

दाङ - घोराही उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीका लागि १६ वर्षअघि २५ सय रुपैयाँ सुरु गरेको च्याउखेती अहिले राम्राे आम्दानीको स्रोत बनेको छ । च्याउ खेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएकाे छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा च्याउखेती गर्न थाल्नुभएका चौधरी २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लाग्नुभएकाे हाे ।  करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसाय अहिले करिब १५ लाख रु...