स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू

स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।  मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’