काठमाडौं : जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्। बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्।
यस्तै, कमलादेवी ह्यारिसले पनि उपराष्ट्रपतिका रुपमा शपथ लिइन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्।…