अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छन्। बुधवार अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोदिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च अधिकारीलाई किभ पठाउने विचार गरेका छन्।उक्त टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्कन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ।'राष्ट्रपति युक्रेन जानु हुन्न', साकीले भनेकी छन्। थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक

सम्बन्धित सामग्री

घाटा कम गर्न बाइडेनले रातारात बढाए कर

काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले घरेलु कम्पनी, लगानीकर्ता र धनाढ्यहरुमाथिको कर बढाएका छन् । आगामी दशकमा संघीय घाटा करीब ३० खर्ब डलर घटाउन ह्वाइट हाउसको योजनाको अन्तर्गत कर बढाइएको हो । बिहिबार मध्यान्ह फिलाडेल्फियामा बाइडेनले आफ्नो बजेट योजना सार्वजनिक गरेका थिए । क्यापिटल हिलमा कर्जा सीमाको विषयमा डेमोक्रेट र रिपब्लिकनहरुको बीच चर्को विवाद नजिकिदैंछ । यस्तोमा बाइडेनले भने आफ्नो पल्ला भारी बनाउन सो पहल गरेका छन् । नोभेम्बरको मध्यावधि निर्वाचन पछि प्रतिनिधि सभामा रिपब्लिकनहरुको वर्चश्व छ । सन् २०२४ मा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भिड्नु अगाडि बाइडेनले आफ्नो आर्थिक भिजन स्पष्ट पारिरहेका छन् । डेमोक्रेटहरुले बजेटमा उल्लेख्य कटौती नगरेसम्म आफूले संघीय कर्जा सीमा बढाउने विषयमा सहमत नहुने रिपब्लिकनहरूले बताइरहेका छन् । रिपब्लिकनका प्रतिनिधि सभा नेतृत्वले बाइडेनको प्रस्तावलाई लापरवाहपूर्ण  र फिटिक्कै गम्भीर नरहेको भनेका छन् । उनीहरुले सरकारको वाहियात खर्च कम गर्न अनुरोध गरिरहेका छन् । रिपब्लिकनहरुले वैकल्पिक बजेट सार्वजनिक गर्न वा घाटा कम गर्ने उपायहरु सार्वजनिक गरेका छैनन् । बाइडेनले आफ्नो बजेटमा युक्रेन र नेटोलाई दिँदै आएको टेवामा निरन्तरता, ज्येष्ठ नागरिक र गरिबको स्वास्थ्य हेरचाहमा थप लगानी लगायत डेमोक्रेटिक नीतिगत प्राथमिकतामा खर्बौ डलर खर्च छुट्याएका छन् । ठूला कम्पनीहरु अनि धेरै कमाउनेहरुमाथिको कर बढाएरै भएपनि ह्वाइट हाउस बढेको खर्चको भर्पाई गर्न चाहन्छ । बाइडेनले अर्बपतिहरुलाई न्यूनतम् २५ प्रतिशत कर लगाउने, कम्पनीहरुको कर दर २८ प्रतिशत पुर्‍याउने र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुको विदेशी कमाईको कर हालको १० दशमलव ५ प्रतिशतबाट बढाएर २१ प्रतिशतमा पुर्‍याउन खोजेका छन् । कम्पनीहरुको शेयर पुनःखरिदमा लाग्दै आएको शेयर वाईब्याक चारगुणा बनाउँदै हालको १ प्रतिशत बाट बढाएर ४ प्रतिशतमा पुर्याउन पनि ह्वाइट हाउसको  प्रस्ताव छ । बाइडेनका पूर्ववर्ति डोनल्ड ट्रम्पको वार्षिक ४ लाख डलर भन्दा धेरै कमाउने अमेरिकीहरुलाई कर छुट दिने नीतिबाट यो ठिक उल्टो छ । वार्षिक आम्दानी १० लाख डलर भन्दा धेरै भएकाहरुको पूँजीगत लाभ कर पनि बढाउने बाइडेन प्रशासनको प्रस्ताव छ । एजेन्सी

के युक्रेन युद्धका लागि इरानले रुसलाई ड्रोन पठाउन लागेको हो ?

काठमाडौं । युक्रेन युद्धको लागि रुसलाई इरानले सैयौँ ड्रोन उपलब्ध गराउने योजना बनाएको अमेरिकाले चेतावनी दिएको छ । यसमध्ये केही युद्ध क्षमतायुक्त भएको एकजना अमेरिकी अधिकारीले बताएका छन् ।  ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको सूचना अमेरिकाले पाएको बताएका छन्...

बाइडेनले तत्काल किएभको भ्रमण गर्ने योजना छैन : ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्काल युक्रेनको राजधानी किएभको भ्रमण गर्ने योजना नरहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउस प्रवक्ता जेन साकीले सोमबार पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘राष्ट्रपति किएभ जाने कुनै योजना छैन ।’ उच्च तहका सरकारी प्रतिनिधि युक्रेन पठाउने तयारी भने भएको ह्वाइट हाउसले जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिंकन वा रक्षामन्त्री […]

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १३ उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। युक्रेन युद्धलाई लिएर अमेरिकासहितका पश्चिमा राष्ट्रले लगाएको कडा आर्थिकसहितको प्रतिबन्धको जवाफ रुसले दिएको हो। रुसको विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनसहित उनको सरकारका शीर्ष मन्त्रीहरुमाथि प्रतिबन्ध लगाइएको हो। रुसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, ह्वाइट हाउस प्रवक्ता जेन साकीसहितलाई प्रतिबन्ध लगाएको छ। […]

युक्रेन संकटको भित्री पाटो– समुद्रमुनिको रुसी पाइपलाइनले निम्त्याएको तनाव

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलवार दुई घन्टाभन्दा बढी चलेको वार्तामा अन्य कुराका अलावा युक्रेन संकटको बारेमा चर्चा भएको रुस सरकार तथा ह्वाइट हाउस दुवैले जारी गरेको ‘रीडआउट’मा उल्लेख छ । पुटिनले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले रुसमाथि कठोर प्रतिबन्ध लगाउने चेतावनी बाइडनले दिएको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले शिखरवार्ता सकिएपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।  सन् २०१४ मा रुसले युक्रेनमा आक्रमण गरेर क्राइमिया हात पारेको बेलामा अमेरिकाले रुस...