ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ।ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबिचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबिच भेट गराउन लागिएको हो।“बैठक पक्का हुनेछ”, भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, “भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ।”ह्वाइट हाउसका अर्का अधिकारीले बाइडेन