काठमाडौं,२२ माघ । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् । सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् । ‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु […]