भूमिगत पार्किङ बनाउन जनप्रतिनिधि नै असन्तुष्ट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको खुलामञ्जमा तीनतले भूमिगत पार्किङ बनाउने योजनामा महानगरकै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।महानगरपालिका वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीले बिनाछलफल हुन लागेको डिपिआरको कार्य तत्काल रोक्न भन्दै महानगरप्रमुख बालेन्द्र साहलाई लिखित पत्र पठाएका छन्। पुस १७ गते पठाएको उक्त पत्रमा विज्ञ, सम्पदाप्रेमीहरूको छलफलबिना भूमिगत पार्किङ बनाउन लागिएकाले यी कार्य रोक्नु भनिएको छ।‘यी काम तत्कालै रोक्ने व्यवस्था गरी अन्य विकल्प खोज्न अनुरोध छ&rs

सम्बन्धित सामग्री

अक्युपाई टुँडिखेलका अभियन्ता भन्छन्, ‘जनप्रतिनिधि सेवक नभइ ठेकेदार बने’

काठमाडौं : सोमबार बिहान अक्युपाई टुँडिखेलका अभियन्ता काठमाडौं महानगरपालिकाको ढोकामा पुगे। महानगरले खुलामञ्चमा निर्माण गर्न लागेको भूमिगत पार्किङ स्थगन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन उनीहरू महानगर पुगेका हुन्।काठमाडौं महानगरपालिकाको १० औं नगरकार्यपालिका बैठकले खुल्ला मञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्‍यो। त्यससँगै सम्पदा अभियन्ता संरक्षण गर्नुपर्ने आवाज उठाए। महानगरका प्रमुखलाई पटक पटक भेट्न खोज्दा पनि समय पाएनन्।मेयरलाई सोमबार पनि ज्ञापनपत्र बुझाउन पुगेका अभियन्ताहरूले उनलाई भेट्