खोटाङका पाँचमध्ये ३ पालिकामा काँग्रेस विजयी

मत परिणाम सार्वजनिक भएका खोटाङका ५ पालिकामध्ये नेपाली काँग्रेसले मात्रै तीनवटामा जित निकालेको छ ।  दश स्थानीय तह रहेको खोटाङमा ५ पालिकाको नतिजा सार्वजनिक भएको हो । ५ मध्ये ३ स्थानीय तहमा काँग्रेस तथा एमाले र माओवादी केन्द्र १÷१ पालिकामा जित्न सफल भएका छन् ।काँग्रेसले जितेका पालिकामा साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र केपीलासगढी गाउँपालिको अध्यक्षमा जितेको हो । एमालेले ऐँसेलुखर्क गाउँपालिका र माओवादीले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा काँग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]

जुम्लाका २६ वडामा काँग्रेस विजयी, अन्य कतिमा विजयी ?

आठ स्थानीय तहमध्ये काँग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ ।  यस्तै नेकपा (एकीकृत समाजवादी)ले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ । एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्रमुख र उपप्रमुखमा जित हासिल गर्न सकेको छैन । एमाले जिल्

नवलपरासीको ३ पालिकामा काँग्रेस र ३ पालिकामा एमाले विजयी

नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज

सिद्धार्थनगरको मेयरमा काँग्रेस विजयी, उपमेयरमा माओवादी पराजित

रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली काँग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् । मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर राम प्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उपप्रमुखमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई

रोल्पामा माओवादी ७, काँग्रेस २ र एमाले एक पालिकामा विजयी

रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् । रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भएका छन् । थापाघर्तीले सात हजार ६३० ल्याएको थियो भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याए । उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिद्वन्द्व

सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

सिन्धुपाल्चोकका तीन पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार २ मा नेपाली काँग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । बाह्रबिसेमा काँग्रेस विजयीबाह्रबिसे नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका   निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्

गोरखाको आरुघाटको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

गोरखाको आरुघाट गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो पालिकामा काँग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् ।गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३ सय ३१ मतका साथ विजयी भएका हुन् । अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा विजयी नेपालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।

देउवाको गृह पालिकामा काँग्रेस विजयी

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत पाइन् ।

स्थानीय चुनावमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो बन्ने संकेत

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको प्रारम्भिक परिणामहरुले नेपाली काँग्रेस सबैभन्दा बढी पालिकाहरुमा विजयी हुने देखिएको छ । अहिलेसम्म मतगणना भइरहँदा काँग्रेसले २ सय भन्दा बढी स्थानमा अग्रता लिइरहेको छ । काँग्रेस ३ पालिकामा विजयी बन्दा २३४ पालिकामा अग्रता लिइरहेको छ । यही अनुपातमा मत परिणाम प्राप्त भए काँग्रेस सबैभन्दा अगाडि देखिने निश्चितप्रायः छ […]