नेत्रविक्रम चन्द‘विप्लव’ समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ बस्ने नरहरीनाथ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन्। काँग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका संयूक्त उम्मेदवार दिएका काँग्रेसका नगेन्द्रबहादुर विष्टले २६३६ मत ल्याएर विजयी भएका छन्। गठबन्धनबाटै उपाध्यक्षमा माओवादीका कमलकुमार शाहले २९१७ मत ल्याएर विजयी भएका छन्। विश्वकर्माले अध्यक्षमा एटम विसीलाई उम्मेदवार उठाएका थिए। उनले अध्यक्षमा जम्मा १००९ मत