नवलपरासीको ६ वटा पालिकाको मतगणना कार्य सकिएको छ । जिल्लाको ७ पालिकामध्ये ३ पालिकामा नेपाली काँग्रेस र ३ पालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । अझै एउटा पालिका पाल्हीनन्दन गाउँपालिकाको मतगणना कार्य जारी नै रहेको छ । ६ दिन लगाएर सकिएको मत गणनाले रामग्राम, सुनवल नगरपालिका, सरावल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिकामा काँग्रेसले हात पारेको छ । यता पाल्हीनन्दन गाउँपालिकामा काँग्रेस र माओवादीको कडा प्रतिस्पर्धा चलिरहेको छ । उक्त गाउँपालिकाको नज