रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली काँग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् । मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर राम प्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उपप्रमुखमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई