काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेकाे छ। आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र ललिता निवासकाे जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हाे । ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट […]