अतिक्रमित सार्वजनिक जग्गा खाली गर्दै महानगर

अवैध रूपमा व्यक्तिले प्रयोग गरिरहेका सरकारी जग्गा काठमाडौं महानगरपालिकाले खाली गराउन थालेको छ । सरकारी जग्गा

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई  निर्देशन दिएको छ । काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको …

अतिक्रमित सार्वजनिक जग्गा आफ्नो अधीनमा ल्याउँदै वीरगञ्ज महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगरभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्रका सार्वजनिक जग्गा व्यापक रूपमा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रूपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खोज्ने अभियानलाई तीव्रता दिएको छ । महानगरका विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाएको हो । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ । ‘महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने, ‘पहिलो चरणमा प्राविधिक टोलीले वडा नम्बर १७ र १९ मा जग्गा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेको छ ।’ ‘विगत दुई सातादेखि शुरू गरेको सार्वजनिक जग्गा खोज्ने अतिक्रमणका क्रममा अहिलेसम्म करीब २६ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा आफ्नो अधीनमा ल्याउन महानगर सफल भइसकेको छ,’ उनले भने, ‘हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौं ।’ सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको बताइएको छ । महानगरको टोलीले वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर खेतबारी गर्दै आएको पाँच बिघा जग्गा महानगरले आफ्नो अधीनमा ल्याएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेलले जानकारी दिए । यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको करीब सात बिघाभन्दा बढी सार्वजनिक जग्गा आफ्नो अधीनमा ल्याउन सफल भएको पोखरेलले बताए । उनका अनुसार सोही वडामा एकै दिन वीरगञ्ज महानगरपालिकाको टोलीले १६ बिघा अतिक्रमित सार्वजनिक जग्गा खोजी गरी महानगरको अधीनमा नक्सांकन गरिएको छ । अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । पार्कको जग्गा अतिक्रमण गरी स्थानीयले निर्माण गरेको संरचना हटाउन महानगरले सूचना दिइसकेको र खाली नगरे डोजर चलाइने पोखरेलको भनाइ छ । रासस

अतिक्रमित जमिन खाली गराइँदै

खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित भए खाली गराउने निर्णय गरेको हो। खाँडाचक्र नगरपालिका–१ वडाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको विशेष संयन्त्रको बैठकले बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन अनुरोध गर्ने निर्णय गरेको हो।

काठमाडौं महानगरले ४० रोपनी अतिक्रमित जग्गा खाली गरायो, अब पार्क बन्ने

काठमाडौं मेयर विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा महानगर मातहत ल्याउने अभियान थाल्दा धेरैलाई शंका थियो, यो अभियान पूरा होला कि नहोला भन्ने। एक महिनाकै अवधिमा काठमाडौं महानगरले करिब ४० रोपनी जग्गा आफ्नो मातहत ल्याएको छ। पहिलो चरणमा खाली गरिएका ती जग्गा वडा नम्बर ३ अन्तर्गतका हुन्। विभिन्न संघसंस्थाले अनधिकृत भोगचलन गर्दै आएका ती जग्गा अब सार्वजनिक…