काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि व्यापारीहरूले हडपेको जोरपाटी चोकको ३ रोपनी सार्वजनिक जग्गा खाली गराएको छ। नगरपालिकाले सानोबजार व्यवसायी समूहले चलाएको सबै पसल व्यवसाय हटाएको हो। नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले हप्ता दिनअघि नै उक्त जग्गा खाली गराएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले ती पसल व्यवसायीहरुलाई जोरपाटी ओरालो नजिकमा रहेको चामुण्डा साझा संस्थाभित्र सारेको छ। नगरपालिकाले त्यहाँ सटर बनाइदिएको छ।उक्त जग्गामा ३२ वर्षदेखि व्यापारीहरूले रजाइँ गर्दै आएका थिए। खि