सुर्खेत : आगामी निर्वाचनका लागि जिल्लामा कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदानस्थल छन्। समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन्। जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११