स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगोलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने । अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा नि