टोकियो ओलम्पिकमा बढी स्वर्ण र पदक जित्ने अमेरिका, कुन खेलमा कति?

टोकियो- टोकियो ओलम्पिकको टिम च्याम्पियन अमेरिका बनेको छ। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित एक सय १३ पदक जित्यो।  दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र ११ कास्यसहित ८८ पदक जित्यो। ते‍स्रो स्थानमा रहेको जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो। चौथो स्थानमा रहेको बेलायतले २२ स्वर्ण, […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक

टोकियो ओलम्पिक सुरु हुनुअघि यहाँ सहभागी हुन लागेका देशमध्ये ७१ वटाले यसअघि कहिल्यै ओलम्पिक पदक जित्न सकेका थिएनन् भने स्वर्ण पदक नजितेका देशको संख्या एक सय ९ रहेको थियो। टोकियो ओलम्पिकमा ९३ देशले पदक जितेका छन्। एउटै ‌ओलम्पिकमा यति धेरै देशले यसअघि कहिल्यै पदक जितेका थिएनन्। ६५ देशले त स्वर्ण पदक नै जितेका छन्। यो […]

टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्

ओलम्पिक  खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु  पनि सामान्य हुँदैन। आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता […]

टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा […]

टोकियो ओलम्पिक : ९२ राष्ट्रले जिते पदक, ६५ देशले हात पारे ३२८ स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिनसम्म आइपुग्दा ९२ राष्ट्रले स्वर्ण, रजत र कास्यमध्ये कुनै न कुनै पदक हात पारेका छन्।स्वर्ण पदक भने हालसम्म ६५ राष्ट्रले मात्र जितेका छन्। हालसम्म ३२८ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ। हालसम्म चीनले ३८,अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०, अष्ट्रेलियाले १७, नेदरल्याण्ड्सले १०, जर्मनीले १० र इटालीले १० वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

काठमाडौं :  टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए।खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोल

टोकियो ओलम्पिक : महिला फुटबलको स्वर्ण पदक क्यानडालाई

काठमाडौँ- टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण […]

टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

२१ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो । ४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले […]

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। बीस पटकको ग्राण्डस्लाम उपाधि विजेता रोजर फेडेररले र बेलयातकी नम्बर एक जोहाना कोन्टाले टोकियो ओलम्पिक नखेल्ने भएका छन्। ३९ वर्षीय फेडेररले कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएका कारण टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। फेडेररले बेइजिङ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका थिए भने लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए। ३० वर्षीया कोन्टा कोभिड–१९ संक्रमित भएका कारण नखेल्ने भएकी हुन्।

सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। पूर्वविश्व नम्बर एक सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छन्। सोमबारबाट सुरू हुने विम्बल्डन टेनिसअघि सरेनाले टोकियो ओलम्पिक नखेल्ने बताएकी हुन्। तर उनले कारण भने खुलाएकी छैनन्। अमेरिकाकी ३९ वर्षीया सेरेनाले ओलम्पिकमा चार पटक स्वर्ण पटक जितिसकेकी छन्। उनले लण्डन ओलम्पिकमा एकल र युगल, सिड्नी आलम्पिकमा युगल र बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन्।

चार पटकका स्वर्ण पदक विजेता फराहले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी।चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नु पर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।