चार पटकका स्वर्ण पदक विजेता फराहले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी।चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नु पर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक

टोकियो ओलम्पिक सुरु हुनुअघि यहाँ सहभागी हुन लागेका देशमध्ये ७१ वटाले यसअघि कहिल्यै ओलम्पिक पदक जित्न सकेका थिएनन् भने स्वर्ण पदक नजितेका देशको संख्या एक सय ९ रहेको थियो। टोकियो ओलम्पिकमा ९३ देशले पदक जितेका छन्। एउटै ‌ओलम्पिकमा यति धेरै देशले यसअघि कहिल्यै पदक जितेका थिएनन्। ६५ देशले त स्वर्ण पदक नै जितेका छन्। यो […]

टोकियो ओलम्पिक, जहाँ जो फेरि स्वर्ण पदक जित्न चुकेनन्

ओलम्पिक  खेलकुदमा पदक जित्न सजिलो छैन। कुनै खेलाडीका लागि मात्र नभएर देशका लागि पनि एउटा पदक जित्नु  पनि सामान्य हुँदैन। आइतबार सकिएको टोकियो ओलम्पिक खेलकुद २०२० कै कुरा गर्ने हो भने ६५ देशले मात्र कम्तीमा एउटा स्वर्ण जिते अनि ९३ देशले मात्र पदक जित्न सफल भए। प्रतियोगितामा २ सय ५ देश र शरर्णाथी टोली सहभागिता […]

टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई

काठमाडौँ- जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक […]

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

काठमाडौं :  टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए।खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोल

टोकियो ओलम्पिक : महिला फुटबलको स्वर्ण पदक क्यानडालाई

काठमाडौँ- टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण […]

हाइ जम्पमा दुई जनालाई स्वर्ण पदक

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ हाइ जम्प इभेन्टमा कतारका मुताज एस्स बर्शिम र इटालीका जियानमारको ताम्बेरी दुवै जनाले स्वर्ण पदक जितेका छन् । झन्डै २ घण्टा चलेको प्रतिस्पर्धापछि दुवै खेलाडीले समान २.३७ मिटरको उचाइ पार गरेका थिए । दुवै खेलाडीलाई अर्को एक अवसर दिएर विजेता छिनोफानो गर्ने अवसर दिइएको थियो । तर दुवैले खेलभावनाको […]

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

जोकोभिचले टोकियो ओलम्पिक खेल्ने पक्का

एजेन्सी।विश्व नम्बर एक जोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने घोषणा गरेका छन्। विम्बल्डन टेनिस उपाधि जितेपछि जोेकोभिचले ओलम्पिक खेल्ने सम्भावना ५० प्रतिशतमात्र रहेको बताएका थिए। अष्ट्रेलियन र फ्रेन्च ओपन तथा विम्बल्डनको उपाधि जितेका जोकोभिचले ट्विटरमा टोकियोको टिकट काटेको बताएका छन्। जोकोभिचले अब अर्को महिना न्युयोर्कमा हुने युएस ओपन र ओलम्पिकमा स्वर्ण पदक जिते ‘गोल्डेन स्लाम’ पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन्।

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। बीस पटकको ग्राण्डस्लाम उपाधि विजेता रोजर फेडेररले र बेलयातकी नम्बर एक जोहाना कोन्टाले टोकियो ओलम्पिक नखेल्ने भएका छन्। ३९ वर्षीय फेडेररले कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएका कारण टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। फेडेररले बेइजिङ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका थिए भने लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए। ३० वर्षीया कोन्टा कोभिड–१९ संक्रमित भएका कारण नखेल्ने भएकी हुन्।

सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। पूर्वविश्व नम्बर एक सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छन्। सोमबारबाट सुरू हुने विम्बल्डन टेनिसअघि सरेनाले टोकियो ओलम्पिक नखेल्ने बताएकी हुन्। तर उनले कारण भने खुलाएकी छैनन्। अमेरिकाकी ३९ वर्षीया सेरेनाले ओलम्पिकमा चार पटक स्वर्ण पटक जितिसकेकी छन्। उनले लण्डन ओलम्पिकमा एकल र युगल, सिड्नी आलम्पिकमा युगल र बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन्।