काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए।खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोल