सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। पूर्वविश्व नम्बर एक सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छन्। सोमबारबाट सुरू हुने विम्बल्डन टेनिसअघि सरेनाले टोकियो ओलम्पिक नखेल्ने बताएकी हुन्। तर उनले कारण भने खुलाएकी छैनन्। अमेरिकाकी ३९ वर्षीया सेरेनाले ओलम्पिकमा चार पटक स्वर्ण पटक जितिसकेकी छन्। उनले लण्डन ओलम्पिकमा एकल र युगल, सिड्नी आलम्पिकमा युगल र बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण पदक जितेकी थिइन्।

सम्बन्धित सामग्री

सकियो चुनौतीपूर्ण टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० को आइतबार आइओसीका अध्यक्ष थोमस बाचले समापन घोषणा गरे, जुन रद्द गर्न धम्की सहनुपरेकाले आयोजना गर्नु निकै चुनौतीपूर्ण थियो।...

टोकियो ओलम्पिक : अमेरिकाको अपराजित यात्रा रोकियो

टोकियो ओलम्पिक २०२० खेलकुद प्रतियोतिगाअन्तर्गत बुधबार महिला फुटबल इभेन्ट्समा स्विडेनले अमेरिकामाथि ३–० को जित निकालेको छ । स्विडेनसँग पराजित हुनुअघि अमेरिका ४४औँ खेलसम्म अपराजित थियो ।  अमेरिकी महिला फुटबल टोलीको अपराजित...

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

३० असार, काठमाडौं । स्वीस स्टार रोजर फेडेररले यही जुलाई २३ देखि जापानमा सुरु हुने टोकियो ओलम्पिक नखेल्ने भएका छन् । फेडेररले घुँडामा चोट रहेकोले ओलम्पिकबाट नाम फिर्ता लिएका हुन् । फेडेररले ग्रास कवर्टमा खेल्दा आफूलाई घुँडामा समस्या भएकोले बफूले ओलम्पिकबाट नाम फिर्ता लिने विषयलाई स्वीकार गरेको जनाएका छन् । सन् २०१२ को लण्डन ओलम्पिक […]

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

एजेन्सी। बीस पटकको ग्राण्डस्लाम उपाधि विजेता रोजर फेडेररले र बेलयातकी नम्बर एक जोहाना कोन्टाले टोकियो ओलम्पिक नखेल्ने भएका छन्। ३९ वर्षीय फेडेररले कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएका कारण टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। फेडेररले बेइजिङ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका थिए भने लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए। ३० वर्षीया कोन्टा कोभिड–१९ संक्रमित भएका कारण नखेल्ने भएकी हुन्।

टोकियो ओलम्पिक अवधिभर मादक पदार्थ बिक्रिमा प्रतिबन्ध

बीबीसी।टोकियो ओलम्पिक अवधिभर मादक पदार्थको बिक्रिमा प्रतिबन्ध लगाइएको छ।टोकियो ओलम्पिक–२०२० की अध्यक्ष सीको हाशीमोतोले यो घोषणा गरेकी हुन्। खेलको दौरान सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको सीकोले बताएकी छन्। ओलम्पिक खेल सुरु हुन अब ३० दिन बाँकी रहेको छ। आयोजकको सम्पूर्ण ध्यान अहिले खेलको सुरक्षामा केन्द्रित छ। रंगशालाबाहिर मादक पदार्थको बिक्री गर्न र रंगशालाभित्र लैजान प्रतिबन्ध लगाइएको छ।

टोकियो ओलम्पिक अवधिभर मादक पदार्थ बिक्रिमा प्रतिबन्ध

बीबीसी।टोकियो ओलम्पिक अवधिभर मादक पदार्थको बिक्रिमा प्रतिबन्ध लगाइएको छ।टोकियो ओलम्पिक–२०२० की अध्यक्ष सीको हाशीमोतोले यो घोषणा गरेकी हुन्। खेलको दौरान सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको सीकोले बताएकी छन्। ओलम्पिक खेल सुरु हुन अब ३० दिन बाँकी रहेको छ। आयोजकको सम्पूर्ण ध्यान अहिले खेलको सुरक्षामा केन्द्रित छ। रंगशालाबाहिर मादक पदार्थको बिक्री गर्न र रंगशालाभित्र लैजान प्रतिबन्ध लगाइएको छ।

टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

टोकियो/ टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रंगशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्यौल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो । आयोजक समितिका... The post टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने appeared first on Purbeli News.

टोकियो ओलम्पिक हेर्न विदेशी दर्शक रंगशाला जान नपाउने

एजेन्सी। टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेल हेर्न विदेशी दर्शकलाई रंगशालामा प्रवेश गर्न नदिने निर्णय गरेको छ। कोरोना महामारी नियन्त्रण र खेल सुचारु गर्न यस्तो निर्णय गरिएको हो। यो निर्णयसँगै यस पटकको ओलम्पिकमा जापानबाहेक अन्य देशका दर्शकले रंगशालामा गएर प्रयक्ष खेल हेर्न पाउने छैनन्। समितिले रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णयसमेत गरेको छ।

आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने

काठमाण्डाै - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् । टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् । जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखस...

टोकियो ओलम्पिक अब रद्द नहुने

एजेन्सी। टोकियो ओलम्पिक आयोजना समितिकी प्रमुख सेइको होसिमोतोले तीन महिनापछि खेल सुरु हुने बताएकी छन्। कोरोनाका कारण एकपटक स्थगित गरिएको ओलम्पिक अब रद्द नहुने उनले आश्वासन दिएकी हुन्। एक पत्रकार सम्मेलनमा होसिमोतोले भनिन्, “थुप्रै चिन्ता छन्, तर टोकियो २०२० आयोजन समिति खेल रद्द गर्नेबारे सोच्न सक्दैन।”