काठमाडौं : अमेरिकाले सर्तसहित परमाणु वार्ताका लागि प्रस्ताव गरेको इरानले खुलासा गरेको छ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनले अमेरिकी अधिकारीहरुले पछिल्लो महिना परमाणु वार्ता पुनः सुरु गर्ने कोशिस गरेको बताए। यद्यपि अमेरिकाले वार्ताका लागि रोकिएको १० बिलियन डलर सद्भावनाको रुपमा तिर्नुपर्ने शर्त राखेको बताए। इरानले अमेरिकाले राखेको उक्त शर्तसहितको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको विदेशमन्त्री हुसेनले जानकारी दिए। यसअघि सन् २०१५ को परमाणु सम्झौता पुनस्र्थापन