इरानले परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको छ । परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । वर्तमान राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आबद्ध बनाउन खोजिरहेका छन् ।इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिर