एक साता लामो प्रयासपछि जिल्ला विपत् व्यवस्थापन समितिले पूर्ण रूपमा ध्वस्त भएको ९ सय ४० घर घुरीलाई त्रिपाल र टेन्टभित्र राख्ने काम सम्पन्न गरेको छ ।
प्रारम्भिक चरणमा संकलन गरेको तथ्यांकअनुसार सेना, सशस्त्र प्रहरीले पूर्णरूपले ध्वस्त भई घरबारविहीन भएकालाई टेन्ट र त्रिपाल गाडेर ओत लगाउने काम समितिले एक सातापछि पूरा गरेको हो ।