जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले ६ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ ।
कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।
गत आर्थिक वर्षमा भने १ वर्षको अवधिमा १ हजार ७३ जनालाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको संख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन् । ३१३ जनालाई प्रतिलिपि...