वीरगञ्ज – पर्सा, बारा र रौतहटमा सोमबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण सुरू हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ। आइतबारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि […]