हुम्लामा इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु

हुम्ला जिल्लाको मध्ये भेगमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगार्डबाट नागरिकता वितरण सुरु भएको छ। ख०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि नागरिकता दिने आधिकारिक व्यक्ति नहुदाँ सेवाग्राहीलाई सदरमुकाम सिमकोट...

सम्बन्धित सामग्री

डोल्पामा इलाका प्रशासन स्थापना भएको ८ वर्षपछि नागरिकतासम्बन्धी सेवा सुरु

डोल्पाको दक्षिण पश्चिम भूभागमा रहेको इलाका प्रशासन कार्यालय ईल, मुड्केचुलाबाट नागरिकता वितरण सुरु भएको छ । २०७३ सालमा स्थापना भएको इलाका प्रशासनबाट ८ वर्षपछि नागरिकता वितरण सुरु भएको हो ।

सिँजाबाट नागरिकता वितरण सुरु

इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।

कर्मचारी सरुवा भएपछि नागरिकता वितरण ठप्प

कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।

अशक्तलाई घरमै नागरिकता वितरण गर्दै बर्दिया

बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालय खोटाङद्वारा सेवा प्रवाह सुरु

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयमा नागरिकता वितरणलगायतका सेवा प्रवाह सुरु भएको छ । असार २६ गतेदेखि बन्द इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण सिफारिसलगायतका सेवा आइतबारदेखि सुरु भएको हो ।