झापामा ५ हजार नागरिकता वितरण

झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गीकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालक परिचयपत्र ८३ जारी गरिएको अधिकृ

सम्बन्धित सामग्री

झापामा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण

झापा – जिल्ला प्रशासन कार्यालय झापाले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका- ८ निवासी देवीप्रसाद पाण्डे (दिपक)लाई सोमबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता प्रदान गरे । अन्य गैर आवासीय नेपालीहरूले पनि गैर […]

विधेयक प्रमाणित भएपछि झापामा एकैदिन ३३ जनाले पाए जन्मसिद्धकाे आधारमा नागरिकता

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय झापाले आइतबार जन्मसिद्ध नागरिकताको आधारमा ३३ जनालाई नागरिकता वितरण गरेको छ । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका थिए । सोही विधेयक राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरण गरेको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिका...

नागरिकताका लागि टोकन प्रणाली

नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।