मकवानपुर : भीमफेदी कारागार व्यवस्थापनले फोहोरबाट बायो ग्यास उत्पादन गर्ने भएको छ। कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया शुरु गर्ने जानकारी दिएको छ। यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्र स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ३० लाख रुपै