कोशी अस्पतालले सञ्चालनमा ल्यायो बायो ग्यास प्लान्ट

विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरू गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारको फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन थालिएको उनले बताइन् । ‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट बायो ग्यास बनाउन शुरू गरिएको हो,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमिनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ । अस्पतालले निकालेको बायो ग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरू गरिएको उनले बताइन् । ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासको प्रयोगबाट गर्ने तयारी छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ छुट्टै एउटा घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी बायो ग्यास उत्पादन शुरू गरेका छौं ।’ अस्पतालको पाँच लाख र ऊर्जा मन्त्रालयको ५ लाख लागत साझेदारीमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

सम्बन्धित सामग्री

कोशी अस्पतालले शुरु गर्‍यो फोहोरबाट बायो ग्यास उत्पादन

माघ ११, विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन गर्न शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास उत्पादन शुरु गरेको हो ।अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरु गरिएको अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहर खाना, सालनाललगायतका फोहर प्रशोधन गरेर बायो ग्यास उत्पादन शुरु गरिएको उनले बताइन् । ‘अस्पतालबाट दैनिकजसो निस्किने फोहरजन्य वस्तुहरू जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोर भण्डारण गरि राख्ने गरिएको छ । फोहोरबाट अहिले बायो ग्यास बनाउन शुरु गरिएको छ’, संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमीनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहर प्रशोधन गरिने आउटलेट ६ घनमिटर क्षमताको छ । ‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहर इन्लेटमा राखेर बायो ग्यासको लागि प्रशोधन गर्ने ठाउँमा पठाइने गरेको छ’, उनले भनिन् । अस्पतालले निकालेको बायो ग्यासबाट उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरु गरिएको पनि उनले बताइन् ।  ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले विरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासबाट गर्ने हामीले तयारी गरेका छौं’, उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’  एक महीनाभित्रमा फोहोर प्रशोधन गरेर ल्याएको बायो ग्यास प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरि उपकरणको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरु पनि गर्न सकिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोरहरू जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन’, मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरि बायो ग्यास उत्पादन गर्न शुरु गरेका छौं ।’  निकट भविष्यमा थप विस्तार गर्दै अगाडि बढ्ने उनले बताए । अस्पतालको ५ लाख रुपैयाँ र ऊर्जा मन्त्रालयको ५ लाख गरि कुल १० लाख रुपैयाँको लागतमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।