घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नेका लागि निर्माण कार्यले पछिल्लो समयमा गति लिएको छ । हालसम्म संरचनाको करिव ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । गत भदौदेखि फोहोरबाट ग्यास उत्पादनका लागि संरचना निर्माण सुरु भएको थियो । हालसम्म सबै संरचना निर्माण भइसक्नु पर्ने भएपनि उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले ढिला भएको नेपाल ऊर्जा विकास कम्पनीका प्लानट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।