लकडाउनका कारण समयमा सुरु हुन सकेन बायो ग्यास उत्पादन

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । तर, ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्नेछ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार केही महिनाबाट ग्यास उत्पादन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन थाल्न ढिला भएको हो । “पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो,” श्रेष्ठले भने ।