धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो ।
कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो। रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उनीसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन। गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिक...
सिप्रदी ट्रेडिङ प्रालिको ६ महिने अटो–इलेक्ट्रिसियन पाँचौं समूहको तालिम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व विङ सिप्रदियन सहायता संस्थाको सहकार्यमा निःशुल्क सञ्चालन भएको उक्त तालिमपश्चात १० जना प्रशिक्षार्थीले सिप्रदीको नेपालभरका वर्कसपमा रोजगारी पाएको कम...
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले पाँचौं समूहका लागि सञ्चालन गरेको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीले सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा तालिम सञ्चालन गरेको हो । तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए […]
पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरवासीलाई आवागमन गर्न सहज होस् भनी अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ।नगरभित्रका बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दा, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न सातवटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए।नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्रे भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।&
हेटौंडा : मकवानपुरको हेटौंडामा प्रशासनको नियम उल्लंघन गरेको बरोपमा व्यवसायी र अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित बोक्न सञ्चालन भएको अटो एम्बुलेन्सले खाद्यान्न बोकेको र भिडभाड गरेर व्यवसाय सञ्चालन गरेको भन्दै ३ जना व्यवसायी तथा एकजना अटो एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा हेटौंडाका व्यवसायी हिरालाल शाह, सुवासराज मैनाली र बमबहादुर थापा रहेका छन् भने अटो चालक रवीन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव
मकवानपुर : कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाज
कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् ।
सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।
नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन र पिसिआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए । अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको रु पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई ...
दाङ (अस) । कोरोना संक्रमितको संख्या बढ्दै गएर एम्बुलेन्सको अभाव हुन थालेपछि दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ । तुलसीपुर क्षेत्रका जनप्रतिनिधि र व्यवसायीको सहकार्यमा ९ ओटा अटोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडामा पायक पर्ने स्थानबाट साविककै भाडादरमा ती अटो एम्बुलेन्सहरूले बिरामीलाई अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य दीपक कुमालले बताए । ‘अहिलेको अवस्था भनेको समयमा, त्यो पनि स्थानीयस्तरमा एम्बुलेन्स पाइने अवस्था छैन,’ उनले भने, ‘यो समस्याको समाधानका लागि अटो एम्बुलेन्स सञ्चालन गरेका हौं ।’
नगर क्षेत्रमा अटो एम्बुलेन्सहरूले शुक्रवारदेखि नै सेवा दिन थालेका छन् । अटो एम्बुलेन्स पहिचानका लागि ब्यानर र स्टीकर टाँसिएको छ । अटो चालकले बिरामीबाहेक अन्यलाई बोकेमा कारबाही गरिनेछ । उनीहरूलाई स्वास्थ्य सुरक्षाका लागि पीपीई र स्यानिटाइजर लगायत सामग्री उपलब्ध गराइएको छ ।
मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ । गोपिगञ्ज, टाँडी, धनकुटा र काँकडभिट्टाको विभिन्न रुटमा सञ्चालन हुने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैकले जनाएको छ । अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर […]