कोशी अस्पतालले शुरु गर्‍यो फोहोरबाट बायो ग्यास उत्पादन

माघ ११, विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन गर्न शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास उत्पादन शुरु गरेको हो ।अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरु गरिएको अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहर खाना, सालनाललगायतका फोहर प्रशोधन गरेर बायो ग्यास उत्पादन शुरु गरिएको उनले बताइन् । ‘अस्पतालबाट दैनिकजसो निस्किने फोहरजन्य वस्तुहरू जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोर भण्डारण गरि राख्ने गरिएको छ । फोहोरबाट अहिले बायो ग्यास बनाउन शुरु गरिएको छ’, संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमीनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहर प्रशोधन गरिने आउटलेट ६ घनमिटर क्षमताको छ । ‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहर इन्लेटमा राखेर बायो ग्यासको लागि प्रशोधन गर्ने ठाउँमा पठाइने गरेको छ’, उनले भनिन् । अस्पतालले निकालेको बायो ग्यासबाट उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरु गरिएको पनि उनले बताइन् ।  ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले विरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासबाट गर्ने हामीले तयारी गरेका छौं’, उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’  एक महीनाभित्रमा फोहोर प्रशोधन गरेर ल्याएको बायो ग्यास प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरि उपकरणको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरु पनि गर्न सकिने अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोरहरू जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन’, मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरि बायो ग्यास उत्पादन गर्न शुरु गरेका छौं ।’  निकट भविष्यमा थप विस्तार गर्दै अगाडि बढ्ने उनले बताए । अस्पतालको ५ लाख रुपैयाँ र ऊर्जा मन्त्रालयको ५ लाख गरि कुल १० लाख रुपैयाँको लागतमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।  

सम्बन्धित सामग्री

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गरिँदै

धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो ।

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

मकवानपुर : भीमफेदी कारागार व्यवस्थापनले फोहोरबाट बायो ग्यास उत्पादन गर्ने भएको छ। कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया शुरु गर्ने जानकारी दिएको छ। यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्र स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ३० लाख रुपै

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]

फोहोरको ग्यासबाट अटो सञ्चालन

धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो ।

कोशी अस्पतालले सञ्चालनमा ल्यायो बायो ग्यास प्लान्ट

विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरू गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारको फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन थालिएको उनले बताइन् । ‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट बायो ग्यास बनाउन शुरू गरिएको हो,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमिनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ । अस्पतालले निकालेको बायो ग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरू गरिएको उनले बताइन् । ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासको प्रयोगबाट गर्ने तयारी छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ छुट्टै एउटा घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी बायो ग्यास उत्पादन शुरू गरेका छौं ।’ अस्पतालको पाँच लाख र ऊर्जा मन्त्रालयको ५ लाख लागत साझेदारीमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

लकडाउनका कारण समयमा सुरु हुन सकेन बायो ग्यास उत्पादन

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । तर, ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्नेछ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार केही महिनाबाट ग्यास उत्पादन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन थाल्न ढिला भएको हो । “पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो,” श्रेष्ठले भने ।

बायो ग्यास उत्पादन गर्न संरचना तयार हुँदै

घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्नेका लागि निर्माण कार्यले पछिल्लो समयमा गति लिएको छ । हालसम्म संरचनाको करिव ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । गत भदौदेखि फोहोरबाट ग्यास उत्पादनका लागि संरचना निर्माण सुरु भएको थियो । हालसम्म सबै संरचना निर्माण भइसक्नु पर्ने भएपनि उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले ढिला भएको नेपाल ऊर्जा विकास कम्पनीका प्लानट म्यानेजर हरिशरण श्रेष्ठले बताए ।

घोराहीमा फोहोरबाट ग्यास उत्पादन

घोराही उपमहानगरपालिका–१६, गुरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदा बनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ। घर छेउमै स्थापना भएको बायो ग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समस्या हटेको उहाँ बताउनुहुन्छ। विगत डेढ महिनादेखि उद्योगले बायो ग्यास दिन थालेपछि दैनिक भान्सामा काम गर्ने आफू जस्तै महिला दिदीबहिनीलाई सहज भएको लक्ष्मी बताउनुहुन्छ।

विराटनगरमा पाइपबाट ग्यास बाँडियो, जस लिन प्रधानमन्त्रीदेखि मेयरसम्मको हानाथाप

काठमाडौं । विराटनगरको वडा नम्बर १४ मा कृष्ण गौ सदनले बायो ग्यास उत्पादन गर्यो । गाई धेरै भएकाले ग्यास पनि बढी उत्पादन सम्भव भयो । त्यो बायो ग्यासले वरपरका केही घरमा ...