राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ । यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ । केही दिनभित्रै