सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि बजेट ल्याएका छन् । संघ र प्रदेश सरकार जस्तै स्थानीय पालिकाहरुले पनि सडक पुर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । सबैभन्दा बढी बजेट प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) ले आगामी आवका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याइएको बताइन् । जसमध्ये पुँजीगततर्फ ५३ करोड ५५ ला